Section 12
तथ्याङ्कको गोपनीयता हुने
(१) प्रत्येक व्यक्तिलाई निजसँग सम्बन्धित वैयक्तिक तथ्याङ्क वा विवरण गोप्य राख्न पाउने अधिकार हुनेछ।
(२) कुनै पनि व्यक्तिको वैयक्तिक वा पारिवारिक तथ्याङ्क सङ्कलन गर्दा निजको मञ्जुरी लिनु पर्नेछ।
(३) उपदफा (२) बमोजिम सार्वजनिक निकाय वा सङ्गठित संस्थाले सम्बन्धित व्यक्तिको मञ्जुरी लिई सङ्कलन गरेको तथ्याङ्क जुन प्रयोजनको लागि सङ्कलन गरिएको हो सोही प्रयोजनको लागि मात्र प्रयोग गर्नु पर्नेछ।
तर राष्ट्रिय सुरक्षा वा शान्ति सुव्यवस्थाको प्रयोजनको लागि कुनै तथ्याङ्क माग भएमा प्रचलित कानून बमोजिम त्यस्तो तथ्याङ्क उपलब्ध गराउन बाधा परेको मानिने छैन।
(४) कुनै पनि व्यक्तिको मञ्जुरी नलिई कसैले पनि निजसँग सम्बन्धित देहायका तथ्याङ्क अरु कसैलाई दिन वा सार्वजनिक गर्न वा गराउन हुँदैनः-
(क) स्वास्थ्य परीक्षण सम्बन्धी विवरण,
(ख) सम्पत्ति तथा आय आर्जन सम्बन्धी विवरण,
(ग) रोजगारी सम्बन्धी विवरण,
(घ) पारिवारिक विषय सम्बन्धी विवरण,
(ङ) जैविक विवरण र ल्याप्चे सहिछाप,
(च) हस्ताक्षर वा विद्युतीय हस्ताक्षर,
(छ) राजनीतिक सम्बद्धता र निर्वाचन सम्बन्धी विवरण,
(ज) व्यवसाय वा कारोबार सम्बन्धी विवरण।
(५) उपदफा (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै फौजदारी कसूरको अनुसन्धानको सिलसिलामा अदालत वा कानून बमोजिम अधिकार प्राप्त निकाय वा अधिकारीलाई कुनै वैयक्तिक तथ्याङ्क वा विवरण उपलब्ध गराउनु पर्ने अवस्था भएमा त्यस्तो तथ्याङ्क वा विवरण उपलब्ध गराउनु पर्नेछ।
(६) उपदफा (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिको उमेर, योग्यता, चरित्र, यौनिकता, अपाङ्गता जस्ता विषयमा प्रश्न उठी अधिकार प्राप्त अधिकारीले माग गरेमा सम्बन्धित व्यक्तिले त्यस्तो विवरण वा कागजात उपलब्ध गराउनु पर्नेछ।